न्यायको प्रतीक्षा: अदालतभित्र थुनछेक बहस, बाहिर आमाहरूको धर्ना
चौरजहारी हत्याकाण्डको मुद्दामा जारी थुनछेक बहस बुधबार सकिँदै छ। जिल्ला अदालत रुकुममा पीडितको तर्फबाट २५ जना र प्रतिवादीका तर्फबाट ७ जना वकिलले गरिरहेको बहस आज सकिन लागेको हो।
रुकुमको जिल्ला अदालतभित्र थुनछेक बहस चलिरहँदा अदालतको गेटमा मृतकहरूका आमालगायत पीडितहरू न्यायको लागि धर्नामा बसिरहेका छन् ।
संयुक्त दलितअधिकार मञ्चको संयोजकत्वमा गएको १४ जेठदेखि जारी विरोध तथा धर्ना कार्यक्रम रुकुममा निरन्तर चलिरहेको छ । आन्दोलनको संयोजन गरिरहेका यज्ञबहादुर परियारले पीडितले न्याय नपाएसम्म आफ्नो धर्ना जारी रहने बताएका छन् ।
प्रविर ददेल