अर्थ/बजार सोमबार, असार ८, २०७७

सामसङ प्लाजाकाे नयाँ वेबसाइट सार्वजनिक

हिमालखबर

सामसङ प्लाजाकाे नयाँ वेबसाइट सार्वजनिक

सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले नयाँ वेबसाइट सार्वजनिक गरेको छ।

बन्दाबन्दीको बेला नयाँ वेबसाइटबाट सुरक्षित रुपमा सामसङका उत्पादन खरीद गर्न सकिने प्रालिले बताएको छ।

हिम इलेक्ट्रोनिक्स प्रा.लि.की निर्देशक सीमा गोल्छाले भनिन्, “वेबसाइट मार्फत ग्राहकहरुलाई आफ्नै घरको सुविधा र सुरक्षामा रहेर सामसङ उत्पादनहरु खरीदको नयाँ अनुभव प्रदान गर्दै उनीहरुको सेवाका लागि तत्पर छौं।”

नयाँ वेबसाइट  www.samsungplaza.com.np मा सामसङका उत्पादनहरुका विशेषता र मूल्यहरु राखिएको छ।

सामसङ प्लाजामा विभिन्न मूल्यका सामसङका उत्पादनहरु— एलईडी टीभी, रेफ्रिजिरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र मोबाइल फोनहरु रहेका छन्।

प्रतिकृया दिनुहोस