सुनको मूल्य तोलाको ९१ हजार
![सुनको मूल्य तोलाको ९१ हजार](https://www.himalkhabar.com/uploads/posts/1592805835gold.jpg)
सुनको मूल्य सोमबार फेरि थप रु.६०० ले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ।
आइतबार प्रतितोला ९० हजार ६ सयले कारोबार भएको छापावाल सुनको सोमबार ९१ हजारमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला रु. ९० हजार ५६५ ले कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला रु.९५० मा कारोबार भइरहेको छ।