टिप्पणी सोमबार, असार ८, २०७७

नखाेजिएकाे नेपालमण्डल बाहिरकाे इतिहास

हिमालखबर

नखाेजिएकाे नेपालमण्डल बाहिरकाे इतिहास

नेपालमा राज्यसत्ता सम्हालेका शासकहरूको उल्लेख गर्दा प्रायशः तत्कालीन नेपालमण्डल वा काठमाडौं उपत्यकाका राजाहरूको नाम नै बढी सम्झने गरेको पाइन्छ। अध्ययन पनि यतैतिर केन्द्रित देखिन्छ । बृहत् इतिहास अध्ययनको काम अझै हुनसकेको छैन।

इतिहासको अध्ययन विस्तृत रूपमा नभएर राजा–महाराजाहरूको विवरणमा रुमल्लिएको आक्षेप सही हो । वास्तवमा राजा–महाराजाहरूकै इतिहास पनि चित्तबुझ्दो रूपमा प्रकाश हुन नसकिरहेको कटुसत्यलाई हृदयङ्गम गर्ने हो भने यस क्षेत्रमा ठूलै काम हुन बाँकी रहेको मान्नुपर्छ।

नेपाली इतिहासमा बाह्रौं शताब्दीमा एउटा महत्वपूर्ण अध्याय शुरू गर्ने राजा नागराजको नाम इतिहासमा रुचि राख्नेलाई बाहेक सर्वसाधारणले सुनेकै छैनन्।

गौतम बुद्ध (इ.पू. ५६३–४८३) लाई नेपाली भनेर पहिचान गरे पनि उनीसँग सम्बन्धित प्राचीन कपिलवस्तुको इतिहासलाई नेपाली इतिहासको अध्ययनले आत्मसात् गर्न सकेको पाइँदैन।

महिला आयोगद्वारा प्रकाशित पुस्तक ‘प्रथम तथा अग्रज नेपाली महिला’ (वि.सं. २०६८) मा प्रजापति गौतमी (इ.पू. ६०३–४८३) लाई पहिलो भिक्षुणी र यशोधरा (इ.पू. ५६३–४८३) लाई अग्रणी श्राविकाको रूपमा समावेश गर्न अलि मिहिनेत नै गर्नु परेको थियो । बुद्धकी सानीआमा र श्रीमती पनि स्वतः नेपाली प्रतिभा नै हुन्छन् भन्ने हेक्का नहुनु त्यसैको परिणाम हो।

आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाह (इ.सं. १७२२–१७७५) लाई एकीकरणकर्ताको श्रेय दिइन्छ । इतिहासमा यस्तै श्रेय दिन मिल्ने अन्य नेपाली राजाहरूका सम्बन्धमा खासै चर्चा हुने गरेको पाइँदैन । त्यतिवेला नेपाल भनेर मुख्य रूपमा कान्तिपुर, पाटन र भक्तपुरलाई चिन्ने गरिन्थ्यो भने गोरखा छुट्टै राज्य थियो।

आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाह (इ.सं. १७२२–१७७५) लाई एकीकरणकर्ताको श्रेय दिइन्छ । इतिहासमा यस्तै श्रेय दिन मिल्ने अन्य नेपाली राजाहरूका सम्बन्धमा खासै चर्चा हुने गरेको पाइँदैन। त्यतिवेला नेपाल भनेर मुख्य रूपमा कान्तिपुर, पाटन र भक्तपुरलाई चिन्ने गरिन्थ्यो भने गोरखा छुट्टै राज्य थियो।

गोरखाका राजा पृथ्वीनारायण शाहले गोरखा राज्यको सीमा विस्तार गर्दै तत्कालीन नेपाललाई आफ्नो कुलपरम्पराबाट आएको गोरखा राज्यमा विलय गर्न सक्थे तर उल्टो आफ्नो साम्राज्य नै नेपालमा गाभे । पछि आफू नेपालको राजा भई नयाँ राजवंश चलाएको अनौठो इतिहास छ।

यस्तै इतिहास उनकै पुर्खा द्रव्य शाहले पनि देखाएको पाइन्छ । लिगलिगकोट गई प्रत्येक वर्ष दशैंताका आयोजना गरिने परम्परागत दौड प्रतियोगितामा जितेर लमजुङका राजकुमार द्रव्यशाह सन् १५५९ मा राजा भएका थिए भने सोही वर्ष गोरखा जितेर लिगलिगकोट राज्यलाई विजित राज्य गोरखामा नै विलय गराए । त्यही गोरखाले पछि कमाएको भूभागसहित पृथ्वीनारायण शाहले नेपालमा विलय गर्न ल्याएको र नयाँ नेपालको राजा भई उनी तथा उनका उत्तराधिकारीहरूले नेपाललाई वर्तमान आकार दिएको कुरा यहाँ स्मरणीय छ।

त्यति धेरै नाम नसुनिने वा चर्चामा नआउने भएर होला, बाह्रौं शताब्दीका ऐतिहासिक राजा नागराज शुरूमा तिब्बतको ङारी प्रदेशका शासक थिए । भूमि विस्तारका क्रममा दक्षिण झरेर उनले वर्तमान कर्णाली क्षेत्र सहितको विस्तृत भूभागमा मात्र अधिकार जमाएनन्, राजधानीलाई नै सारेर वर्तमान जुम्ला जिल्लाको सिंजा उपत्यकामा ल्याए।

नेपालमा राज्यसत्ता सम्हालेका शासकहरूको उल्लेख गर्दा प्रायशः तत्कालीन नेपालमण्डल वा काठमाडौं उपत्यकाका राजाहरूको नाम नै बढी सम्झने गरेको पाइन्छ । अध्ययन पनि यतैतिर केन्द्रित देखिन्छ । बृहत् इतिहास अध्ययनको काम हुनसकेको छैन।

उनका योग्य उत्तराधिकारीहरूले भूमि विस्तार अझ विस्तृत रूपमा गरेर वर्तमान भारतको बोधिगया र पूर्वमा नेपालमण्डलको सीमा त्रिशूली नदीसम्म नै पु¥याएका थिए । निकै अघिदेखि नै खसान क्षेत्रका रूपमा चिनिएको र विभिन्न राज्यमा टुक्रिएको कर्णाली क्षेत्रका विभिन्न साना–ठूला राज्यहरूमाथि अधिकार कायम गरी उनले बनाएको राज्य कालान्तरमा खस साम्राज्यका रूपमा चिनियो । खस साम्राज्य पन्ध्रौं शताब्दीतिर विघटन हुने क्रममा टुक्रिएर बनेका बाइसे र चौबिसे राज्यहरू अहिले वर्तमान नेपालको सरहदभित्रै पर्छन्।

नेपालमा राज्यसत्ता सम्हालेका शासकहरूको उल्लेख गर्दा प्रायशः तत्कालीन नेपालमण्डल वा काठमाडौं उपत्यकाका राजाहरूको नाम नै बढी सम्झने गरेको पाइन्छ । अध्ययन पनि यतैतिर केन्द्रित देखिन्छ । बृहत् इतिहास अध्ययनको काम हुनसकेको छैन।

तत्कालीन सामन्त वा स्थानीय निकायहरूलाई छुट्टै राज्यको रूपमा बुझ्नु इतिहास अध्ययनमा गम्भीर र विस्तृत दृष्टिकोण लिन नसक्नुको परिणाम हो । विस्तृत र सम्यक् अध्ययन नहुनाको असर काठमाडौं उपत्यकाको इतिहास अध्ययनमा नै पनि असर परिरहेको छ।

पूर्वी नेपालका राज्यहरूसँग पनि नेपालमण्डलको सम्बन्ध देखिन्छ तर खासै प्रकाशमा आउन सकेको छैन । यस राज्यसत्ताको गहिरो र महत्वपूर्ण सम्बन्ध दक्षिणतिरको तिरहुतलगायतका राज्यहरूसँग थियो तर त्यहाँ पनि अध्ययनको काम हुन नसक्दा काठमाडौंलाई बुझ्न सकिरहेको छैन।

मुस्ताङलगायतका राज्यहरूसँग नेपालमण्डल वा काठमाडौंको राजनीतिक, सामाजिक तथा साँस्कृतिक सम्बन्ध कम्ती रोचक छैन । अध्ययनकै कमीले तत्कालीन काठमाडौं उपत्यकाको खस साम्राज्यलगायत अन्यसँगको सम्बन्धका बारेमा पनि यथेष्ट कुरा अझै थाहा पाउन सकिएको छैन । बरु, कतिपय कुरा उल्टोपाल्टो भइरहेको देखिन्छ।

मुस्ताङलगायतका राज्यहरूसँग नेपालमण्डल वा काठमाडौंको राजनीतिक, सामाजिक तथा साँस्कृतिक सम्बन्ध कम्ती रोचक छैन । अध्ययनकै कमीले तत्कालीन काठमाडौं उपत्यकाको खस साम्राज्यलगायत अन्यसँगको सम्बन्धका बारेमा पनि यथेष्ट कुरा अझै थाहा पाउन सकिएको छैन । बरु, कतिपय कुरा उल्टोपाल्टो भइरहेको देखिन्छ।

नेपालको केन्द्रको रूपमा काठमाडौं उपत्यकाको विकास तथा विस्तार गौतम बुद्धअघि नै भइसकेको देखिन्छ । यस केन्द्रको व्यापारिक तथा अन्य सम्बन्ध दक्षिणका मगध, बज्जी, कोशल जस्ता महाजनपद; कपिलवस्तु र कोलिय जस्ता जनपदहरूसँग पनि हुनसक्ने अनुमान पछिल्ला सम्बन्धहरूको अध्ययनका आधारबाट गर्न सकिन्छ।

नेपाली इतिहासको अध्ययनमा व्यक्तिवादी प्रवृत्ति हुनु र जुँगाको लडाइँ चल्नुले इतिहासको अध्ययनलाई अगाडि बढाउनुको साटो अस्वीकार र निषेध गर्दै बसिरहेको पाइन्छ । यसलाई इतिहास अध्ययन एकांकी ढंगबाट भइरहेको कुराको राम्रो उदाहरण मान्न सकिन्छ । यो प्रवृत्ति इतिहासको अध्ययनमाथि अन्याय हो।

प्रतिकृया दिनुहोस