नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुन: अन्तिम समयमा आएर स्थगित भएको छ । एमसीसीलगायत विषयमा छलफल गर्नका लागि आइतबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको थियो ।
बैठकमा अर्थमन्त्री युवराज खतिवडा र एमसीसी अध्ययन गर्नका लागि पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरू भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।
यसअघि एमसीसीबारे छलफल गर्न २७ जेठमा बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर संसदको कार्यसूचीसँग जुधेको भन्दै स्थगित गरिएको थियो ।