अर्थ/बजार विहीबार, जेठ २९, २०७७

सुनको मूल्य ताेलाकाे करीब रु. ९० हजार

हिमालखबर

सुनको मूल्य ताेलाकाे करीब रु. ९० हजार

बिहीबार सुनकाे मूल्य रु ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य बुधबारको तुलनामा रु १ हजारले बढेकाे छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ९५० कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन्।

 

प्रतिकृया दिनुहोस