जर्ज फ्लोइड हत्याकाण्डको विरोधमा अमेरिका: तनावग्रस्त विभिन्न शहरका ४० तस्वीर
अमेरिकाको मिनियापोलिस शहरमा कालाजातिका नागरिक ४६ वर्षीय जर्ज फ्लोइडको प्रहरी हिरासतमा रहेका वेला मृत्युपछि केही दिनयता करीब ७५ भन्दा बढी शहरमा विरोध भइरहेको छ ।
मिनियापोलिससँगै न्यूयोर्क, एटलान्टालगायतका ७५ वटाभन्दा बढी शहरमा हजारौं मानिस प्रहरीले रंगभेद गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । स्थिति नियन्त्रणबाहिर जान थालेपछि सरकारले करीब २५ वटा शहरमा क्रफ्यू लागू गरेको छ भने १० वटा राज्यमा नेसनल गार्ड परिचालन गरेको छ ।
उक्त हत्यापछि अमेरिकाका विभिन्न शहरमा भएका आन्दोलनहरू दी न्यूयोर्क टाइम्स ले तस्वीरमा उतारेको छ ।
•वेई काई •जुलिएट लभ •जुगल के. पटेल •युलिया परशीना-कोट्टास/ दी न्यू योर्क टाइम्स