संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले ल्याएको परिवर्तित नक्सा सम्बन्धी संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेता गगन थापाका अनुसार कांग्रेस केन्द्री समिति बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिएको हो ।
कांग्रेस केन्द्रीय समितिको यो निर्णयसँगै संविधान संशोधन विधेयक अब संसदको दुई तिहाई मतबाट पारित हुने निश्चित भएको छ ।
कांग्रेस केन्द्रीय समितिले संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्नका लागि पहल गर्न समेत सरकारलाई आग्रह गर्दै नेपाल र भारतबीचको सीमा विवाद समाधानका लागि कूटनीतिक संवाद जारी राख्न समेत सुझाएको छ । साथै त्यसका लागि पार्टीले पनि पहल गर्ने निर्णय गरेको ।
अध्यावधिक नक्साअनुसारको निसान छाप परिमार्जनका लागि सरकारले शुक्रबार संसदमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो ।
सरकारले संविधानको धारा ९ को उपधारा २ ले नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भए मोजिम हुने भनेकाले उक्त अनुसूचीको निसान छापभित्र अंकित नेपालको नक्सालाई परिवर्तन गर्न संविधान संशोधनको विधेयक ल्याएको हो ।