अर्थ/बजार विहीबार, जेठ १५, २०७७

निजी क्षेत्रकाे प्रतिक्रियाः बजेटले अर्थतन्त्र उस्कान सक्तैन

हिमालखबर

निजी क्षेत्रकाे प्रतिक्रियाः बजेटले अर्थतन्त्र उस्कान सक्तैन
null

निजी क्षेत्रका व्यवसायीले भने सरकारले खर्च नै नधान्ने गरी ल्याएको बजेटबाट अर्थतन्त्रको पुनर्त्थान हुन नसक्ने प्रतिकृया दिएका छन्।

बजेट व्यवसायीमुखी भएपनि कार्यान्वयन जलिटता देखिने गरी आएको नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा बताउँछन्। शर्माका अनुसार साधारण खर्च चलाउन पनि ऋण लिनुपर्ने गरी बजेट आएको छ। बजेटमा चालु खर्चका लागि रु.९ खर्ब ४८ अर्ब ९४ करोड छुट्याइएको छ। यो कुल बजेटको ६४.४ प्रतिशत हो। आगामी वर्ष राजस्वको लक्ष्य भने रु.८ खर्ब ८९ अर्ब ६२ करोड मात्रै छ ।

यो अर्थले पनि विकास खर्च सबै ऋण लिएर चलाउनुपर्ने गरी आएकोले हुँदा यसबाट उद्योग धन्दाको सहितले गरको अपेच्छा अनुसारको बजेट भने नभएको शर्मा बताउँछन्। बजेटले सम्बोधन गरेका विषयमा पनि साना उद्यमीलाई रु.५० अर्ब कोष र अरुलाई ५ प्रतिशतको ऋण भनेको छ । यसलाई प्राप्त गर्न सक्ने आधार आवश्यक पर्छ। अहिलेको अवस्थमा व्यवसायी उद्योगीले राखेको प्रत्यक्ष छुट भने बजेटबाट नआएको बुझाई शर्माको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा निजी क्षेत्रले अपेक्षा गरे अनुसारको राहतका प्याकेज नआएको बताउँछन् । गोल्छा भन्छन्, ‘‘सरकाले ल्याएको बजेट त्यति ठूलो नभए पनि व्यवासायीले मागेको भ्याटको दायरा केही समयलाई घटाउने, उद्योगको संरक्षण गर्ने तथा स्पष्ट राहत खाका आउनुपर्ने सहितका काम भएन।’’

अहिलेको बजेटले पुन कर्जालाई सम्बोधन गरेको यसका विषयमा अझै मौद्रिक नीतिले समेट्ने अपेक्षा भएको र केही विषयलाई भने घुमाउनरो ढंगबाट सम्बोधन गरेकोले आफूले मिश्रित प्रतिक्रिया दिन चाहेको गोल्छा बताउँछन् ।

वीरगन्जका उद्योगी अनिल रुगंटाका अनुसार आर्थिक क्षेत्र धरासयमा परेको बेला निजी क्षेत्रलाई प्राथमिकता दिएर ल्याउनुपर्ने राहतको कुनै प्याकेज नआएको बताउँछन्। रुगटा भन्छन्, ‘‘कुनै राहतका प्याकेज नआउनु र आम्दानी कहिले गर्ने भन्ने अन्योल रहेको बेला आयकर छुटको प्रस्ताव गर्नु उपयुक्त सम्बोधन होइन् ’’ यसको अर्थ निजी क्षेत्रलाई गम्भिरताका साथ हेरिएन् र ठूलो संख्यामा रहने बेजोरगारीलाई पनि सम्बोधन गर्न बजेटले नसकेको रुगटा बताउँछन्।

राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव कट्टेलले भने बजेट उत्साहजन भएको प्रतिकृया दिएका छन्। कट्टेल भन्छन, ‘‘बजेटले सवै क्षेत्रलाई उत्तिकै राम्रोसँंग समेटेको छ। कोरोना संक्रणका लागि विशेष सम्बोधन गरेको र संक्रमण न्युनीकरण तथा नियन्त्रणका लागि ल्याइएको विशेष प्याकेज सराहनीय छ।’’ घरेलु तथा साना उद्यमीको हिसाबले पनि बजेट उत्साहजनक भएको कट्टेलको भनाइ छ।


नेपाल इँटा उद्योग महासंघ अध्यक्ष महेन्द्र चित्रकारले भने नेपालका निकै कम उद्योगहरुमध्येको एउटा आत्मनिर्भर उद्योगप्रति बजेटको सम्बोधन शून्य भएको बताए। चित्रकारले भने, ‘‘यो उद्योग अरु उद्योग भन्दा भिन्न प्रकृतिको छ र अत्याधिक रोजगारी दिने क्षेत्र पनि हो। यसलैलाई सरकारले सम्बोधन गरेन।’’

ग्रील तथा स्टील ब्यवसायी महासघ अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ उपाध्यक्ष मोहन कटुवालले भने बजेट सन्तुलित भएको प्रतिकृया दिएका छन्। इहिहासकै कठिन अवस्थामा आएको बजेट समग्रहमा सन्तुलित रहेको र अहिले अवस्थामा जीवनसँग जोडिएको चासोको विषयको रुपमा स्वास्थ क्षेत्रलाई जोड दिएर बजेट आउनु सकारात्मक भएको कटुवाल बताउँछन्।

डिजिटल नेपाल बनाउन सहयोगी बजेटः ब्यांकर्स
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट डिजिटल नेपालाई सहयोग गर्ने गरी आएको नेपाल ब्यांकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहालले बताए। उनले भने, ‘‘बजेटको आफ्नै खाले सीमा हुन्छ । अहिलेको अवस्थामा १४ खर्ब ७४ अर्बको मात्रै बजेट आउनु र त्यसमा रु. २ खर्ब ९९ अर्ब वैदेशिक ऋण लिने र रु. २ खर्ब २५ अर्ब आन्तरिक ऋण लिने उल्लेख गरिएको छ। यो बजेटले सिमित स्रोतबाट काम गर्ने प्रयास गरेको छ।"

नेशनल पेमेन्ट गेटवे सञ्चालन गर्ने र सबै प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गरिने उल्लेख गर्नु सह्रानीय भएको दाहाल बताउँछन्। ब्यांकिङ क्षेले भन्दौ आएको डिजिटल कारोबारलाई सरकारले सम्बोधन गरेर अगाडि बढ्ने भन्नु निकै सकारात्मक हो।

निजी क्षेत्रलाई डुब्नबाट बचाउने गरी सरकाले कोष खडा गर्नुपनि बजेटको सकारात्मक पक्ष भएको दाहालको तर्क छ। समग्रमा बजेटलाई सकारात्मक रुपमा हेर्न सकिने गरी आएको पनि ब्यांकर्स संघका अध्यक्ष दाहाल बताउँछन्।

प्रतिकृया दिनुहोस