भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयको कूटनीतिक नोट
परराष्ट्र मन्त्रालयले लिपुलेक अतिक्रमण गरी सडक बनाइएको बारे भारतीय राजदूतलाई कूटनीतिक नोट दिएको छ ।
राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर कूटनीतिक नोट दिइएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत क्वात्रासँग यो विषयमा जानकारी समेत लिएका छन् ।
नेपाली भूमि लिपुलेक भएर चीन जोड्ने सडक भारतले उद्घाटन गरेपछि नेपाल सरकारले कडा आपत्ति जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।
लिपुलेक अतिक्रमण गरी सडक बनाएकोबारे नेपालमा विभिन्न पक्षबाट तीव्र विरोध भइरहेको छ । गएको नोभेम्बरमा राजनीतिक नक्सा सार्वजनिक गरी अतिक्रमण गरेको भारतले कोभिड–१९ महामारीको मौका पारेर सडक खनेको छ ।