टिप्पणी बुधबार, चैत २६, २०७६

बाआमासँग कुराकानी गरौं, व्यस्त राखौं !

हिमालखबर

बाआमासँग कुराकानी गरौं, व्यस्त राखौं !
तस्वीर: बिक्रम राई (नेपाली टाइम्स)

हो, यो महामारीमा सबैभन्दा बढी जोखिम परिवारका ज्येष्ठ सदस्यहरुलाई छ । तर, सय वर्ष नाघेका सङ्क्रमित पनि निको भएर घर फर्केको उदाहरण पनि त छ ।

प्रेमनारायण भुसाल

कोभिड १९ महामारीले विश्वभर त्रास सिर्जना गरिरहेको छ । कोरोनाभाइरस विरुद्धको भ्याक्सिन वा औषधि पत्ता नलागिसकेको र अति सहजै र छिटो एकबाट अर्को व्यक्तिमा सर्ने विशेषता भएकाले यो आमसमुदायमा चिन्ताको कारण बनेको छ ।

समाजका जो कोही पनि यो महामारीबाट सङ्क्रमित हुन सक्ने उत्तिकै सम्भावना रहे पनि आजसम्मका तथ्याङ्कहरुको तुलनात्मक अध्ययनबाट ज्येष्ठ नागरिक र दीर्घरोगीहरू यसबाट विशेष सावधान हुनुपर्ने देखिन्छ।

इबोला लगायतका भाइरसभन्दा कमजोर भाइरस भएकाले कोभिड १९ सङ्क्रमितको मृत्यु दर दुईदेखि तीन प्रतिशत मात्र आकलन गरिएको छ ।

‘चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले फेब्रुअरी ११ मा प्रकाशित गरेको रिपोर्टमा ४० वर्ष उमेरसम्मका व्यक्तिको मृत्युदर ०.२ प्रतिशत देखाएको छ । जसमा, ४०–४९ वर्ष समूहको मृत्युदर ०.४ प्रतिशत र ५०–५९ वर्ष समूहको १.३ र ६०–६९ वर्ष समूहको मृत्यु दर ३.६ रहेको छ ।

कोरोनाका कारण ७०–७९ वर्ष समूहको मृत्युदर ८ प्रतिशत र ८० वर्षमाथिका सङ्क्रमितको मृत्युदर १४.८ प्रतिशत छ। संसारकै सबैभन्दा बढी ज्येष्ठ नागरिक रहेका इटलीमा यही कारण मृत्युदर बढेको अनुमान पनि गरिएको छ ।

कोभिड १९ सङ्क्रमितमध्ये ८० प्रतिशत आफै निको हुने, १५ प्रतिशत अस्पताल भर्ना हुनुपर्ने तथा ५ प्रतिशतलाई सघन उपचार कक्षमा उपचार आवश्यक पर्ने स्वास्थ्य संस्थाहरुले बताउँदै आएका छन्। सङ्क्रमणकै कारण मृत्यु भएकामध्ये ६० वर्षमाथिका ९५ प्रतिशत र ८० वर्षमाथिका ५० प्रतिशत रहेको तथ्याङ्क विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) यूरोपका क्षेत्रीय निर्देशक डा. हान्स हेनरी क्लुगले बताएका छन् । उनका अनुसार मृत्यु हुने प्रति १० जनामध्ये आठ जना मुटु, उच्च रक्तचाप र मधुमेहजस्ता दीर्घरोगबाट पीडित थिए ।

किन हुन्छ बढी जोखिम ?

बुढ्यौलीपन बढ्दै गएपछि शरीरको पाचन प्रणाली, मस्तिष्क क्षमता र शारीरिक व्यायाम शिथिल हुँदै जान्छ, जसका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुन थाल्दछ भने मुटु, रक्तचाप, मधुमेह, श्वासप्रश्वास सम्बन्धी समस्या पनि थपिने सम्भावना रहन्छ।

सेवानिवृत्ति तथा अर्थोपार्जनका गतिविधिबाट विश्राम लिइसकेको यो अवस्थामा सामाजिक अन्तक्र्रिया र अन्तर्संवाद पनि कम हुन्छ । यो बेला ज्येष्ठ नागरिकमा चिन्ता, तनाव, भय र एक किसिमको आक्रोशले बास गरेको हुन्छ ।

आत्मबलकै कारण १०० वर्षमाथिका सङ्क्रमित पनि पूर्ण रुपमा निको भएर घर फर्केका छन् । महामारीमा परिहाले पनि मर्नेभन्दा बाँच्नेको संख्या कता हो कता बढी छ भन्नेजस्ता कुराले विश्वस्त पार्न सकिन्छ । आत्मबलले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्नेछ ।

उमेरको वृद्धिसँगै मस्तिष्कको कार्य क्षमता घट्दै जान्छ, जसका कारण संज्ञानात्मक क्षमता र स्मरणशक्तिसमेत कमजोर बन्न पुग्छ । परिणामतः व्यक्तिगत सरसफाइ, आहारविहार तथा अन्य गतिविधिमा सन्तुलन बिग्रन्छ । त्यसैले स्वास्थ्यका साना समस्या सामना गर्न पनि वृद्धवृद्धाका लागि कठिन हुनपुग्छ ।

मनोबलले बढाउँछ प्रतिरक्षा क्षमता

महामारीले ज्येष्ठ सदस्यलाई बढी असर पर्ने तथ्याङ्क सार्वजनिक भएसँगै घरपरिवारले उनीहरुको रेखदेखमा विशेष ध्यान पु¥याएको देखिन्छ, जुन आवश्यक पनि हो । तर परिवारका सदस्यले बढी नै सावधानी अपनाउन अभिप्रेरित गर्दा उनीहरूमा नकारात्मक असर पनि पर्न सक्दछ ।

‘यो त बूढाबूढी खाने महामारी हो, मेरो चिन्ता छोड, तिमीहरू सुरक्षित बन’, आफ्ना ९० वर्षका बुबाले आफूलाई यसो भन्न थालेका मेरा एक मित्र बताइरहेका थिए । यस्तो समस्या अन्यमा पनि नहोला भन्न सकिन्न ।

हामीले अतिरिक्त सुरक्षा सावधानी अपनाउँदा वृद्धवृद्धालाई रोग लागिहालेमा मरिन्छ नै भन्ने भान पर्नु हुँदैन । यसले उनीहरुको आत्मबल कमजोर बनाउँछ । आत्मबल कमजोर बन्दै गए मृत्युका लागि कोभिड १९ सङ्क्रमण नै हुनुपर्दछ भन्ने छैन । ‘वनको बाघभन्दा मनको बाघ ठूलो’ हुने यो अवस्था सिर्जना हुन नदिन, स्वस्थ जीवनशैली अँगाल्न सहयोग पु¥याउन महामारी सम्बन्धी सकारात्मक तथ्यहरु बताउनुपर्छ ।

जस्तो कि, आत्मबलकै कारण १०० वर्षमाथिका सङ्क्रमित पनि पूर्ण रुपमा निको भएर घर फर्केका छन् । महामारीमा परिहाले पनि मर्नेभन्दा बाँच्नेको संख्या कता हो कता बढी छ भन्नेजस्ता कुराले विश्वस्त पार्न सकिन्छ । आत्मबलले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्नेछ ।

संवाद गरौं, व्यस्त राखौं

परिवारका ज्येष्ठ सदस्यको मानसिक भय हटाउन सहयोग गर्दै राम्रो अवस्थामा राखिराख्न पे्ररित गर्नुपर्दछ । सङ्क्रमण घरभित्रै वा व्यक्ति स्वयम्मा उत्पन्न नहुने, अरुबाट स¥यो भने मात्र सङ्क्रमित भइने भएकाले भौतिक दूरी कायम गर्ने कुरामा सबैभन्दा पहिले सचेत बनाउनुपर्छ । भौतिक दूरीमा प्रविधिको प्रयोग मार्फत समकालीन व्यक्तिहरू तथा आफन्तसँग सम्पर्कमा रहन आग्रह गर्न सकिन्छ ।

परिवारका सदस्यले सधैंभन्दा बढी ममताभाव देखाउँदा ‘अब म मर्छु भनेर हो कि’ भन्ने भान प¥यो भने यस्ता सम्पूर्ण क्रियाकलापको अनर्थ लाग्न सक्ने हुँदा स्वाभाविक रुपले व्यवहार गर्नुपर्छ ।

पूजापाठ, ध्यान गर्न चाहने आमाबुबालाई यस्ता कामप्रति अझ उत्साहित गर्न सकिन्छ । पुराण तथा अन्य धार्मिक पुस्तकको व्यवस्था गरिदिएर, टेलिभिजन तथा ग्याजेटमा मन पर्ने कार्यक्रम लगाइदिएर पनि मनोरञ्जन दिलाउन सकिन्छ ।

यस्ता बेला पुराना तस्वीर, पुराना गीत, चलचित्र देखाउने तथा विभिन्न परिकार बनाएर खुवाउने गर्दा उनीहरुमा बेग्लै आनन्द र उत्साह जागृत हुन सक्दछ । पारिवारिक कार्यतालिका बनाएर अनुभव आदान–प्रदान गर्ने, योग, ध्यान र अन्य व्यायामका क्रियाकलापमा संलग्न हुने जस्ता गतिविधिले एकलासपन, भय र त्रास हट्दै जान्छ ।

परिवारका सदस्यले सधैंभन्दा बढी ममताभाव देखाउँदा ‘अब म मर्छु भनेर हो कि’ भन्ने भान प¥यो भने यस्ता सम्पूर्ण क्रियाकलापको अनर्थ लाग्न सक्ने हुँदा स्वाभाविक रुपले व्यवहार गर्नुपर्छ । अत्यावश्यक अवस्था बाहेक अस्पताल जान निरुत्साहित पार्ने तथा आवश्यक औषधिको जोहो परिवारका सदस्यले नै गरिदिनुपर्दछ ।

होस गरौं, बन्दाबन्दीमा थप सावधानी अपनाउने हो, आतङ्कित हुने होइन । त्यसैले घरमा सबैले ढुक्क भई सङ्क्रमण रोकथामका उपाय अपनाऔं।

— भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन्।

प्रतिकृया दिनुहोस