होण्डाको कोरोना हेल्पलाइन सेन्टर
कोरोना भाइरस (कोभिड–१९)सम्बन्धी आवश्यक सहयोग र जानकारी दिने उद्देश्यले होण्डा नेपालले मा कोरोना हेल्पलाइन सेन्टरको स्थापना गरेको छ।
कम्पनीले सरकारको सहयोग र नेपाल मेडिकल एसोसियसनसँगको सहकार्यमा हेल्पलाइन सेन्टर सञ्चालनमा ल्याएको हो।
हेल्पलाइन नम्बर ०१–५९७०००९ मार्फत सर्वसाधारणले आफ्नोे परिवार वा छिमेकमा कोही कसैमा कोरानाभाइरस सम्बन्धी लक्षण देखिए तत्कालै खबर गर्न सक्ने होण्डाले जनाएको छ।
साथै, यो नम्बरमा फोन गरेर कोरोना सम्बन्धी आवश्यक जानकारीहरु चिकित्सकबाट प्राप्त गर्न समेत सकिनेछ।