खेलकुद मंगलबार, फागुन २०, २०७६

मलेसिया विरुद्ध सिंगापुरको शानदार जित, शीर्ष दुईमा पुग्ने नेपालको संभावना न्यून

हिमालखबर

मलेसिया विरुद्ध सिंगापुरको शानदार जित, शीर्ष दुईमा पुग्ने नेपालको संभावना न्यून

एसीसी इस्टर्न टी–२० क्रिकेटमा मलेसिया विरुद्ध सिंगापुरले शानदार जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले मलेसियालाई १२८ रनले पराजित गरेको छ ।

सिंगापुरले दिएको २४० रनको लक्ष्य पछ्याएको मलेसिया १११ रनमै अलआउट भयो । १५.१ ओभरमै मलेसियालाई अलआउट गर्दा मलेसियाका अनन्थ कृष्णले ३.१ ओभरमा २८ रन खर्चिएर चार विकेट लिए । मलेसियाका ब्याट्सम्यानले खुलेर खेल्न नसक्दा सस्तैमा समेटियो ।

सिंगापुरका सिद्धान्तले ७७, सुरेन्द्रन चन्द्रमोहनले ४७, टिमोथी डेभिडले ९२ र आर्यमान सुनिनलले १६ रनको ब्यास्फोटक ब्याटिङ गरेका थिए ।

जितसँगै, सिंगापुरले चार अंक जोडेको छ भने मलेसियाले यसअगाडि नै चार अंक जोडिसकेको छ । मलेसिया पराजित हुँदा नेपाल शीर्ष दुई हुँदै एसियाकप छनोट खेल्ने संभावना भने कमजोर बनेको छ ।

नेपाल मलेसिया र हङकङसँग पराजित भइसकेकाे छ । अब नेपालले दुई खेल खेल्न बाँकी छ । 

प्रतिकृया दिनुहोस