खेलकुद आइतबार, फागुन १८, २०७६

हङकङ विरुद्ध १५५ रनको चुनौती पछ्याउँदै नेपाल

हिमालखबर

हङकङ विरुद्ध १५५ रनको चुनौती पछ्याउँदै नेपाल

एसीसी इस्टर्न रिजन टी–२० मा नेपाल हङकङले दिएको १५५ रनको चुनौती पछ्याइरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । उसका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ बन बनाए । कप्तान अइजज खान २८, हारुन अर्सद २७, साहिद वासिफ २६ र जेमी एटकिनसन १७ रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने र सुशान भारीले समान दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिएका थिए । पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो । अहिले नेपाल जवाफ ब्याटिङ गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस