साढे सात किलो चरेश सहित तीन महिला पक्राउ
इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले बुधबार राति साढे सात किलो चरेस सहित तीन महिलालाई पक्राउ गरेको छ ।
प्र.स.नि. खड्कबहादुर डाँगी सहितको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका ३ जना महिलाको साथबाट ७ के.जी. ५०० ग्राम बराबरको चरेश फेला पारेको हो।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–९ विजौरी बस्ने योजना न्यौपाने, सोही ठाउँकै शुष्मा रोका मगर र लमही नगरपालिका–८ शान्तिनगर बस्ने दाङ तुलसीपुरकी मिना कुमारी घर्तीमगर रहेका छन्।
पक्राउ गरिएका सबैलाई जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ।