निसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको विजेता घोषणा
निसानको फेस्टिभ ड्राइभ लक्की ड्र द्वारा १० जना विजेताले मलेशिया भ्रमण गर्ने मौका र पाँचजनाले १० ग्राम सुनको सिक्का पाएका छन्।
मंगलबार स्किमका विजेताहरूको घोषणा पायोनियर मोटो कर्प प्रालिको थापाथली स्थित शोरुममा भएको थियो।
नेपालमा निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले चाड पर्वको उपलक्ष्यमा फेस्टिभ ड्राइभ उपहार योजना ल्याएको थियो।
उक्त योजना अन्तर्गत हरेक निसान गाडी खरीद गर्ने ग्राहकहरूले लक्की ड्र स्किममा भाग लिने मौका पाएका थिए ।
लक्की ड्र द्वारा १० जना विजेताले मलेशिया भ्रमण गर्ने मौका र पाँचजनाले १० ग्राम सुनको सिक्का पाएका हुन् ।