दश खेलाडीमा सीमित केल्टासँग लेगानेज पराजित
स्पेनिस ला लिगामा खेलको २१औं मिनेटमै दश खेलाडीमा सीमित केल्टा भिगोसँग लेगानेज पराजित भएको छ ।
फिलिप ब्राडारिक रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । यस दश खेलाडीमा सीमित केल्टा पहिलो हाफमा लेगानेजसँग गोल रहित बराबरीमा खेल्यो ।
तर, दोस्रो हाफमा केल्टाले नै गोल गर्दै अग्रता निकाल्यो । केल्टाका लागि लागो आसपासले ६२औं मिनेटमा गोल गरेका थिए । तिनै गोल निर्णायक हुँदा लेगानेज पराजित भयो ।