पहिलो हाफमै मेसीको ह्याट्रिक, बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगामा लियोनल मेसीले खेलको पहिलो हाफमै ह्याट्रिक गरेका छन् । लगातार पछिल्ला खेलहरुमा स्कोर गर्न चुकिरहेका मेसीले एइबर विरुद्ध शनिबार राति उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
खेलको शुरुबाटै हाबी भएको बार्सिलोनाका लागि मेसीले १४औं मिनेटमै पहिलो गोल गरेका थिए । मेसीले दोस्रो गोल ३७औं मिनेट र ह्याट्रिक गोल ४०औं मिनेटमा गरे ।
दाेस्राे हाफमा मेसी थप एक गाेल गरे । उनले ८७औं मिनेटमा गाेल गरे । लगत्तै ८९औं मिनेटमा मेलाेले गाेल गरे ।
दाेस्राे हाफमा दुइ गाेल थपिएसँगै बार्सिलाेनाले पाँच–शून्यकाे फराकिलाे जित निकाल्याे । जित सँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियल मड्रिड भन्दा एक खेल बढी खेलेको बार्सिलोना २५ खेलबाट ५५ अंक जोडेको छ । मड्रिडको ५३ अंक छ ।