२ लाख घूस सहित भेरिगंगा नगरपालिकाका प्राविधिक पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिका, सुर्खेतका प्राविधिक चित्रबहादुर केसीलाई २ लाख रुपैयाँ घूस सहित पक्राउ गरेको छ।
नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन केसीले नगरपालिकाको वडा– ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस रकम मागिरेका थिए।
आयोगमा उजुरी परेपछि उनलाई सुर्खेतबाट खटिएको टोलीले उनलाई घूस रकम लिइसकेको अवस्थामा मदानीचौरस्थित उन्नती टोलबाट बिहीबार नियन्त्रणमा लिएको हो। उनी बिरुद्ध थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताए।