च्याम्पियन्स लिगमा बलियो टीमको कमजोर खेल
यूईएफए च्याम्पियन्स लिगमा राउण्ड १६ को खेल शुरु भएको छ । मंगलबार र बुधबार राति गरी चार खेल सकिएको छ ।
तर, चारै खेलमा तुलनात्मक बलिया टीम पराजित भएका छन् । एटलेटिको मड्रिडसँग डिफेन्डिङ च्याम्पियन लिभरपुल पराजित भयो । लिभरपुल एक–शून्य गोल अन्तरले पराजित भएको थियो ।
दोस्रो खेलमा १९ वर्षीय हाल्याण्ड चम्किदा स्टार खेलाडीले भरिएको पीएसजी दुई–एक गोल अन्तरले पराजित भयो । बुधबार राति भएको खेलमा भ्यालेन्सिया एटलान्टासँग फराकिलो अन्तरले पराजित भएको छ । एटलान्टाले भ्यालेन्सियालाई चार–एक गोल अन्तरले पराजित गरेको हो ।
अर्को खेलमा टोटन हाम लिपजिङसँग पराजित भयो । पहिलो लेगको खेलमा टोटनहाम घरेलु मैदानमै पराजित हुन पुगेको थियो ।