असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
प्रहरीको असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका–३ भुल्के बस्ने २२ वर्षीय विजय वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई झापा मेचीनगर नगरपालिका–६ बाट प्रहरीले पक्राउ गरेको हो ।
वाग्लेले प्रहरीको नक्कली परिचयपत्र देखाई सोलुखुम्बू र खोटाङका २ जनालाई केही समय अगाडिदेखि नै प्रहरीको असईमा जागिर लगाइदिन्छु भन्दै दुवै जनाबाट गरी १ लाख ५० हजार रुपैयाँ ठगी गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वाग्लेलाई ठगी र सरकारी कागज किर्ते मुद्दामा जिल्ला अदालत झापाको अनुमति लिई प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।