नबिल ब्यांक र भक्तपुर उवासंघबीच अन्तरक्रिया कार्यक्रम
नबिल ब्यांक लि. र भक्तपुर उद्योग वाणिज्य संघले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
मंगलबार उद्योग तथा व्यवसाय प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम संघको कार्यालय भक्तपुरमा भएको हो ।
सो कार्यक्रममा ब्यांक र संघका सदस्यहरूलाई, व्यवसाय प्रवर्द्धन तथा ब्यांकिङ सेवा सुलभ तवरबाट उपलब्ध गराउने सम्बन्धी सम्झौता समेत भएको छ ।
नबिल ब्यांकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठकाे उपस्थितिमा सो सम्झौता भएको हो।