सर्वोकृष्ट खेलाडीलाई ग्लाेबल आईएमई ब्यांककाे पुरस्कार
ग्लोबल आईएमई ब्यांकले २०७५ का सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार दिएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले घोषणा गरेको सर्वोकृष्ट वर्ष खेलाडीलाई ब्यांकले एक–एक लाख नगद पुरस्कार दिएको हो । ब्यांकका नायब मुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नगद पुरस्कार प्रदान गरे ।
एसियाडमा ऐतिहासिक रजत पदक दिलाउने प्यारालिङ खेलाडी बिमल अधिकारी र राष्ट्रिय खेलाडी निमा गुरुङलाई २०७५ को सर्वोत्कृष्ट वर्ष खेलाडी घोषणा गरिएको छ । थप २९ विधाका खेलाडीहरुलाई समेत विभिन्न पुरस्कार प्रदान गरिएको छ ।