पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा निगमले प्रतिलिटर दुई रुपैयाँले घटाएको हो।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुसार मूल्य घटाइएको हो। मूल्य घटाएपछि यसअघि प्रतिलिटर ११० रुपैँया पर्ने पेट्रोल अब १०८, प्रतिलिटर ९९ रुपैयाँ पर्ने डिजल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।