पत्रकार सिंह र ढुंगानालाई इन्जा पुरस्कार
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) को ‘इन्जा सामुदायिक पत्रकारिता पुरस्कार’ पत्रकाहरु प्रकाश सिंह र मेनुका ढुंगानालाई दिइने भएको छ ।
एक हजार डलर राशिको पुरस्कार पत्रकार सिंहलाई हिमाल खबरपत्रिकामा प्रकाशित ‘कुपोषित बाजुरा’ र ढुंगानालाई कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ का लागि दिइने निर्णय भएको छनोट समितिले जनाएको छ ।
पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटा रहेको छनोट समितिले सिंह र ढुंगानालाई पुरस्कार दिने निर्णय भएको हो । सन् २०१९ मा प्रकाशित ३५१ समाचार तथा फिचर मध्ये सिंह र ढुंगानालाई पुरस्कार दिने निर्णय गरिएको समितिले जनाएको छ ।
यस्तै एक हजार डलर राशिकै इन्जा श्रष्टा सम्मान साहित्यकार एवम् प्राध्यापक चुडामणि रेग्मीलाई दिइने भएको छ ।