रोनाल्डोको गोलबाट जोगियो युभेन्टसको हार
कोपा इटालियामा युभेन्टस लगातार तेस्रो हारबाट जोगिएको छ । निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको अतिरिक्त समयमा स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोले गोल गरेपछि हारबाट युभेन्टस जोगिएको हो ।
कोपा इटालियाको सेमिफाइनल खेलमा एसी मिलानले घरेलु मैदानको फाइदा उठाउँदै निर्धारित समयभर अग्रता लिएको थियो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । तर, दोस्रो हाफको ६१औं मिनेटमा एन्टी रोबिकले गोल गर्दै मिलानलाई अग्रता दिलाए ।
निर्धारित समयभर अग्रता कायमै रह्यो । तर, थपिएको अतिरिक्त समयमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गरेपछि खेल बराबरीमा सकियो ।
यसअगाडि युभेन्टस नापोली र भेरोनासँग पराजित भएको थियो ।