गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल ब्यांकको एक करोड सहयोग
ग्लोबल आइएमई ब्यांकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा मंगलबार ब्यांकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुन्।
देशकै गौरवको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न ब्यांकले सहयोग गरेको ढकालले बताए।
राष्ट्रको खेलकुद विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरूले गरेको प्रगतिलाई थप ऊर्जा प्रदान गर्दै खेलकुद मार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउदा ब्यांक परिवार अत्यन्तै खुशी भएको उनले बताउका छन्।
भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहना अनुसारको यो रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास ब्यांक परिवारले लिएको बताए।