घर तथा गाडी कर्जाका लागि मेगा ब्यांकका नयाँ योजना
मेगा ब्यांक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ कर्जा योजना ल्याएको छ।
‘आफ्नो घर, आफ्नै गाडी, मेगा ब्यांकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगा ब्यांकले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’ ल्याएको हो ।
नयाँ कर्जा योजनामा पहिलो घर खरीद गर्ने ग्राहकलाई मूल्यांकनको ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था गरिएको र आवास निर्माणका लागि अधिकतम १०० प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरिएको मेगा ब्यांकले जनाएको छ।
कर्जाको भुक्तानी अवधि ३५ वर्षसम्म रहने यस कर्जा योजनामा ३ वर्षसम्म निश्चित ब्याजदरको व्यवस्था गरिएको छ ।
आवास कर्जा लिने घरका लागि आवश्यक घरेलु उपकरण, घरायसी सामग्री, हार्डवेयर सामग्री, फर्निचर लगायत सामग्रीमा विशेष छुटको व्यवस्था गरिएको छ ।
आवास कर्जासँगै सवारी साधन कर्जा लिन चाहने ग्राहकले यस योजनाबाट विशेष लाभ लिन सक्ने मेगा ब्यांकले जनाएको छ।
ब्यांकका अनुसार सवारी साधन कर्जाको अवधि अधिकतम १० वर्षसम्म हुने यस योजनामा उल्लेख छ ।
यस कर्जा योजनामा सम्पूर्ण कागजात पेश गरेको ७ दिनभित्र नै कर्जा प्रदान गरिने मेगा ब्यांकले जनाएको छ ।