हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीतको हत्या
उत्तर प्रदेश अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली प्रहारबाट हत्या भएको छ ।
आफ्नो भाइसँग मर्निङ वाकमा निस्किएका बच्चनको गोली प्रहारबाट हत्या भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
लखनऊ प्रहरीका अनुसार, रणजीतलाई मोटर साइकलमा आएको समूहले गोली प्रहार गरेका थिए ।
रणजीतको घटनास्थलमै मृत्यु भएको छ । रणजीतलाई बचाउन खोज्दा उनको भाइलाई समेत गोली लागेको प्रहरीले जनाएको छ ।
आइतबार करीब ६ बजे गोली प्रहारबाट हत्या भएका रणजीतको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ ।