ईयूबाट आधिकारिक रुपमा ब्रिटेन बाहिरियो
युरोपेली संघ (ईयू) बाट ब्रिटेन आधिकारिक रुपमा बाहिरिएको छ । यो निर्णयसँगै ईयूसँगको ५० वर्षे ब्रिटेनको सम्बन्ध पनि अन्त्य भएको छ ।
साढे तीन वर्ष अगाडि भएको ब्रिटेनमा भएको जनमत संग्रहमा ईयूबाट अलग्गिने पक्षमा मत आएको थियो । ईयूबाट बाहिरिए पछि प्रधानमन्त्री बोरिस जोनसनले देशमा एकसाथ नयाँ बिहानीको आरम्भ गर्ने प्रतिबद्धता जनाएका छन् ।
ब्रेक्जिटका समर्थकहरुले लण्डनस्थित संसद भवन अगाडि स्वागत उत्सव मनाइरहँदा ईयूबाट बाहिरिन नहुने पक्षमा मतदान गर्नेहरुले भने मैनबत्ती बालेर प्रदर्शन गरेका छन् । स्कटल्याण्डका मतदाताले बे्रजिक्टको विपक्षमा मतदान गरेका थिए ।