रुस्लान भोड्का अब विदेशमा पनि
नेपाली उत्पादन रुस्लान भोडकाले आफ्नो बजार देश बाहिर पनि बिस्तार गरेको छ ।
रुस्लानका आकर्षक प्याक हङकङ, मलेसिया र बेल्जियमको बजारमा पनि अब पाइनेछ । रुस्लानले विदेशी बजारमा पनि आफ्नो छाप छोडन सफल हुने जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले विश्वास व्यक्त गरेका छन् ।
चीन, थाइल्याण्ड लगायत देशमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको रुस्लानले जनाएको छ ।