अर्थ/बजार शुक्रबार, माघ १७, २०७६

जनकपुरलाई क्यासलेस शहर बनाइने

हिमालखबर

जनकपुरलाई क्यासलेस शहर बनाइने

आईएमई ग्रुपद्वारा प्रबर्द्धित आईएमई डिजिटल सोलुसन लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम बीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

जनकपुरमा विशेष कार्यक्रम गरी ‘आईएमई पे’का तर्फबाट सीईओ विकासकुमार नाहाटा र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि आईएमई डिजिटल सोलुसन लिमिटेडले जनस्तरसम्म वित्तीय पहुँज पुर्‍याउन विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । कार्यक्रम जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित हुने जनाइएको छ ।

पैसा कार्डको औपचारिक सुरुवात भएसँगै जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सवै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस