नेकपा महाधिवेशन २०७७ चैत अन्तिम सातामा गर्ने प्रस्ताव
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैत अन्तिम सातामा गर्ने प्रस्ताव पेश भएको छ ।
बुधबार शुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशन मिति प्रस्ताव गरिएको हो ।
आगामी भदौदेखि मंसीरसम्म सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव समेत केन्द्रीय कमिटी बैठकमा पेश भएको छ ।