श्रीलंकाका पूर्व कप्तानले नेपालको लिग खेल्ने
एभेरेष्ट प्रिमियर लिग (इपीएल) मा विदेशी खेलाडी भित्र्याउने क्रम जारी छ । एक पछि अर्को विदेशी खेलाडी भित्र्याउने क्रममा श्रीलंकाका पूर्व कप्तान उपुल थरंगाले पनि यो लिग खेल्ने भएका छन् ।
उनले ललितपुर प्याट्रियट्सबाट खेल्ने भएका हुन् । ३४ वर्षीय थरंगा तीनै फम्र्याटका खेलाडी हुन् । टेस्ट, एक दिवसीय र टी–ट्वान्टी खेलेका थरंगा छोटो फम्र्याटका पूर्व कप्तान समेत हुन् ।
बाँयाहाते ब्याट्सम्यान थरंगा पार्टी टाइम विकेट किपर समेत हुन् । उनले ३१ टेष्ट, २३५ एक दिवसीय र २६ टी–ट्वान्टी खेलेका छन् ।