सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ सर्यो
सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ सरेको छ । न्यायाधीश हरि फुँयालले सापकोटाको मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि तोकिएको सुनुवाइ सरेको हो ।
सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासमा राखिएको सापकोटाको मुद्दा उनले सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चको न्यायाधीश नियुक्त हुनु अघि नै कानुन व्यवसायीका रूपमा बहस गरेका कारण हेर्न नमिल्ने भएपछि अर्को मितिका लागि सरेको हो ।
अर्को मिति प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले तोकेपछि मात्रै सुनुवाईको तय हुनेछ ।
आजको लागि तोकेको सुनुवाई सरेपछि उपयुक्त समयमा सुनुवाई गर्न छुट्टै न्यायाधीशसमेत तोकिने छ । सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गरेका थिए ।