सोमपाल र बसन्त बाहेकको राष्ट्रिय टीम घोषणा (नामावलीसहित)
आईसीसी विश्वकप क्रिकेट डिभिजन–दुई लागि नेपाली राष्ट्रिय टीमको घोषणा भएको छ । १४ सदस्यीय टीममा अनुभवी खेलाडी बसन्त रेग्मी र सोमपाल कामी भने सामेल गराइएको छैन ।
चोटका कारण सोमपाललाई आराम गर्न टीममा नपारिएको हो भने बसन्त रेग्मी घरायसी कारण यसपटक टीममा सामेल नभएका हुन् । रेग्मी र कामीको स्थानमा नयाँ खेलाडी कुशल मल्ल र कमलसिंह ऐरीलाई राष्ट्रिय टीममा सामेल गराइएको छ ।
मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा अखिल नेपाल क्रिकेट संघ (क्यान) ले टीम घोषणा गरेको हो । २२ माघदेखि कीर्तिपुर मैदानमा अमेरिका र ओमान सँग नेपालले त्रिकोणात्मक सिरिज खेल्दैछ ।
नेपाली टीम
ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दिप लामिछाने
करण केसी
आरिफ शेख
विनोद भण्डारी
अविनाश बोहोरा
कुशल मल्ल
कमलसिंह ऐरी
सुसान भारी
रोहित पोडैल
शरद भेषवाकर
ललितनारायण राजवंशी