गुलरियामा ग्लोबल आइएमई ब्यांकको नयाँ शाखा
ग्लोबल आइएमई ब्यांकले बर्दियाको गुलरिया नगरपालिका–५, जिविस रोडमा नयाँ शाखा बिस्तार गरेको छ ।
गुलरियामा शाखा बिस्तार सँगै ग्लोबल आइएमईको शाख संख्या २६७ पुगेको छ ।
सवै भन्दा ठूलो ब्यांकको रुप लिएको ग्लोबलले सवै क्षेत्र र वर्गसम्म ब्यांकिङ सेवाको पहुँज पुर्याउने उद्देश्य सहित शाखा, एक्सेन्टसन काउण्टर र शाखा रहित ब्यांकिङ सेवा दिदैं आएको छ ।