धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु
ज्वालामुखी गाउँपालिकास्थित मण्डलीथानबाट फर्किएको ट्रक दुर्घटना हुँदा धादिङमा ६ जनाको मृत्यु भएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग १ ख १२८० नम्बर मिनि ट्रक दुर्घटनामा परेको हो । ट्रकमा २५ यात्रु चढेका थिए ।