ललिता निवास प्रकरणका आरोपी शोभाकान्त ढकालको सानो भर्याङस्थित घरमा बम विस्फोट
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । सानो भर्याङस्थित ढकालको घरमा अहिले भर्खरै बम विस्फोट भएको हो ।
विस्फोटबाट पार्किङमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले बताएको छ । नेपाल कम्युनिष्ट पार्टी चन्द समूहले विस्फोट गराएको आशंका गरिएको छ।