ताइवानमाथि अतिक्रमण गर्न खोजे चीनलाई महँगो पर्छः राष्ट्रपति साइ
ताइवानकी राष्ट्रपति साइ यिङ वुनले ताइवानको हैसियतबारे बेइजिङको अस्पष्ट नीतिले चीनको स्वार्थलाई फाइदा नगर्ने बताएकी छन् ।
शनिबार दोस्रो कार्यकालका लागि निर्वाचित भए पछि बीबीसी सँग कुरा गर्दै उनले चीनले अतिक्रमण गर्न खोजे उसलाई त्यो निकै महँगो सावित हुने चेतावनी समेत दिएकी छन् ।
उनले “वास्तविकताको सामना गर्न” र “ताइवान प्रति सम्मान दर्शाउन” आवश्यक रहेको बताएकी छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आएको छ । राष्ट्रपति साइले ताइवानको सार्वभौमसत्ताबारे कुनै शंका अथवा त्यसबारे वार्ता गर्नुपर्ने अवस्था नरहेको बताइन् ।
६३ वर्षीया राष्ट्रपति साइले ताइवानलाई एउटा स्वतन्त्र राज्य घोषणाको आवश्यकता नरहेको समेत बताइन् ।