सन्दीप आवद्ध टीम मेलबर्नको खेल आज
जारी बिग बास लिग (बीबीएल) मा आज सन्दीप लामिछाने आवद्ध टीम मेलबर्न स्टार आज पर्थ सोचर्स विरुद्ध मैदानमा उत्रदैछ ।
९ खेलबाट आठमा जित निकाल्दै शीर्ष स्थानमा रहेको मेलबर्न पर्थ विरुद्ध दिउँसो ३ः४५ बजे मैदान उत्रनेछ । उत्कृष्ट फर्ममा रहेको मेलबर्न पर्थलाई समेत हराउँदै शीर्ष स्थान कायमै राख्ने तयारीमा छ ।
घाइते भएकाले एक खेल गुमाए पनि बाँकी सवै खेल खेलेका सन्दीपले ८ खेलबाट ९ विकेट लिएका छन् । पर्थ भने नौ मध्ये पाँच खेल जित्दै तेस्रो स्थानमा छ ।