बचतकर्ताको घातक रोग उपचारमा नबिल ब्यांकको दुई करोड बढी भुक्तानी
घातक रोग लागेका बचतकर्ताको उपचारमा नविल ब्यांकले एक वर्षको अवधिमा दुई करोड बढी भुक्तानी गरेको छ ।
मेट लाइफ बीमा कम्पनीसँगको सहकार्यमा नविलले ल्याएको योजनाको एक वर्षमा दुई करोड एक लाख ७५ हजार भुक्तानी गरिएको ब्यांकले जनाएको छ ।
दैनिक मौज्दात रु.२५ हजार भन्ढा बढी बढी राख्ने १६ देखि ६४ वर्ष उमेर समूहका बचतकर्तालाई यो सेवा दिदै आएको छ । यो कार्यक्रम अन्तगर्त १३ घातक रोग लागेमा ब्यांकले रु. तीन लाख उपलब्ध गराउ“दै आएको छ ।
नविलले रु.३ लाखको उपचार र रु.७५ हजारको मृत्यु बीमा गरिदिने गरेको छ ।