लिभरपुलको कीर्तिमानी जित
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटनहाम विरुद्ध दुर्लभ जित निकालेको छ ।
शनिबार राति सकिएको खेलमा लिभरपुललाई इंग्लिस फुटबलको १३१ वर्षे इतिहासमै सर्वोत्कृष्ट शुरुवातिको कीर्तिमान बनाएको हो । अहिलेसम्म कुनै क्लबले २१ खेलबाट ६१ अंक जोडेको थिएन ।
तर, अपराजित लिभरपुलले टोटनहाम विरुद्ध पनि १–० को जित निकाल्यो । लिभरपुलका लागि खेलको ३७औं मिनेटमा फिर्मिन्होले गरेको गोल नै निर्याक बन्यो ।
टोटनहाममा भने स्ट्राइकर हेरी केनको अभाव प्रष्ट देखियो । टोटनहामले राम्रो अवसर सिर्जना गरे पनि स्कोर गर्न नसक्दा पराजय रोक्न सकेन ।