उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने
तेस्रो संस्करणको होङ्ग्वाञ्जी न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबलमा उपाधिका लागि आयोजक न्यू डायमण्ड र विभागीय टीम एपीएफ भिड्ने भएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार सकिएको सेमिफाइन खेलबाट न्यू डायमण्ड र एपीएफ विजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् । दोस्रो सेमिफाइनलमा न्यू डायमण्डले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
न्यू डायमण्डले २५–१७, २५–१६ र २५–११ को सोझो सेटमा आर्मीलाई पराजित गरेको छ । पहिलो सेटमा एपीएफले अर्को विभागीय टीम नेपाल प्रहरीलाई पनि सोझो सेटमै पराजित गरेको थियो ।