सूदुरपश्चिम आठ विकेटले विजयी
मनमोहन कप एक दिवसीय क्रिकेटमा मलेसिया सिलेक्सन ११ विरुद्ध सूदुरपश्चिम प्रदेशले आठ विकेटको फराकिलो जित निकालेको छ ।
टस जितेर ब्याटिङ रोजेको मलेसिया सिलेक्सनले दिएको ५० रनको झिनो लक्ष्य सूदुरपश्चिमले ७.२ ओभरमै भेटाएको थियो । सिलेक्सनका लागि विरेनदीप सिंहले सर्वाधिक २२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा सिलेक्सन २२ ओभरमै अलआउट हुँदै ४९ रनमा समेटियो ।
जवाफी ब्याटिङमा सूदुरपश्चिमले दुई विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । उसका लागि गजेन्द्र बोहारा ११, अरुण ऐरीले ६, खडक बोहोराले १५ र लोकेश बलमे १५ रन जोडे ।