जेएनयू आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन
भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का विद्यार्थीमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।
प्रदर्शनमा जेएनयू अध्ययनरत नेपाली विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । भारतीय सरकारको विरोध जनाइदै प्ले कार्ड सहित प्रदर्शन भएको छ ।
आइतबार राति नकाबधारी समूहले विद्यार्थीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परी जेएनयू छात्र संघका सभापति आईसी घोष सहित डेढ दर्जन बढी घाइते भएका थिए ।