संविधान संशोधन विषयमा निर्णय गर्ने अधिकार दाहाललाई
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले संविधान संशोधनका विषयमा छलफल र आवश्यक निर्णय लिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई अधिकार दिएको छ ।
आज ६ मंसीरमा लाजिम्पाटमा सम्पन्न बैठकले आजै बेलुका बस्ने प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा आवश्य निर्णय लिन दाहाललाई अधिकार प्रत्यायोजन गरेको हो ।
साथै पार्टीको संगठन लगायतका विषयमा आवश्यक निर्णय लिन मंसीर ११ गते पार्टीको पोलिट्ब्यूरो बैठकको आयोजना गर्ने निर्णय भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा छलफल भएको थियो ।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता भुसालले भनिन्, "आजको बैठकमा संविधान संशोधन र पार्टीको संगठनात्मक विषयमा छलफल भयो । प्रधानमन्त्रीज्यूले आज पाँच बजे प्रमूख दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ । संविधान संशोधनका विषयमा उक्त बैठकमा छलफल हुनेछ, पार्टीको आन्तरिक संगठनबारे निर्णय गर्न मंसीर ११ गते पोलिट्ब्यूरोको बैठक बोलाइएको छ ।"