पाँच नम्बर प्रदेश सरकारले सागका पदक विजेतालाई सम्मान गर्ने
प्रदेश नं. ५ सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग)का विजेतालाई सम्मान गर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले सागका पदक विजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
सागमा सहभागी भएका प्रदेश नं. ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक विजेतालाई रु एक लाख, समूहमा स्वर्ण जित्नेलाई रु ८० हजार, रजत एकललाई रु ८० हजार, समूहमा रजत जित्नेलाई रु ६० हजार, एकल कास्य जित्नेलाई रु ६० हजार, समूहमा कास्य जित्नेलाई रु ४० हजारसहित सम्मान गर्ने निर्णय गरेको छ ।