सन्दीप र करण बने विश्वकै सर्वाधिक विकेट लिने खेलाडी
सन् २०१९ को टी–२० क्रिकेटमा सन्दीप लामिछाने सर्वाधिक विकेट लिने सूचीको पहिलो नम्बरमा परेका छन् ।
१६ इनिङ खेलेका सन्दीपले २८ विकेट लिएका छन् । ५९ ओभर बलिङ गरेका सन्दीपको इकोनोमी समेत सवैभन्दा राम्रो छ । सन्दीपको इकोनोमी ६.५ रहेको छ ।
सन्दीपसँगै सर्वाधिक विकेट लिने खेलाडीमा नेपालकै अर्का बलर करण केसी समेत परेका छन् । १९ इनिङबाट करणले २८ विकेट लिएका छन् । करण तेस्रो नम्बरमा छन् ।
करण र सन्दीपसँग समान २८ विकेट लिएका नेदरल्याण्ड्सका ब्राण्डन ग्लोभर इनोकोमीको आधारमा दोस्रो नम्बर छन् । करणको ७.२३ इकोनोमी हुँदा ग्लोभरको ६.८९ छ ।
एक दिवसीयतर्फ भने भारतका मोहम्मद सामी सर्वाधिकविकेट लिने खेलाडी बनेका छन् । उनले २१ इनिङबाट ४२ विकेट लिएका छन् ।
दोस्रोमा न्यूजिल्याण्ड ट्रेन्ट बोल्ट छन् । उनले २० इनिङबाट ३८ विकेट लिएका छन् ।