नेकपा स्थायी कमिटी बैठक जारी, राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।
बिहान ११ बजेबाट बैठक शुरु भएको हो । बैठकमा स्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक र महासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदनमाथि धारणा राखिरहेका छन् ।
४५ सदस्यीय स्थायी कमिटी रहेको नेकपाको एक वर्ष पछाडि बैठक शुरु भएको छ । बैठकमा अध्यक्ष दाहालले पार्टी वैचारिक कार्यक्रम, सरकारको कामकार्बाही, अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीको भावी कार्यक्रमबारे पाँच प्रस्ताव पेश गरेका छन् ।
महासचिव पौडेलले भने पार्टीमा उपाध्यक्षको व्यवस्था गर्ने सहित एकीकृत पार्टीको सांगठानिक व्यवस्थापन लगायतका प्रस्ताव पेश गरेका छन् ।